काठमाडौँ । नेकपा (एमाले)को राजनीतिक पत्रिका नवयुग पुनः प्रकाशन सुरू भएको छ ।
नेकपा माओवादी केन्द्रसँग एकताको प्रक्रियामा गएपछि बन्द भएको पत्रिका एकता पूरा नभइ भंग भएपछि पत्रिका नवयुग पुनः प्रकाशित सुरु भएकाे हाे । याे पत्रिका एमालेको केन्द्रीय प्रचार विभागले प्रकाशन गर्ने गरेकाे छ ।
एमाले प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नवयुग पुनः प्रकाशित लागेको र सो को प्रधान सम्पादकमा प्रदीप ज्ञवाली र सम्पादक सूर्य थापा रहने जानकारी दिएका हुन् ।
३० वर्षदेखि प्रकाशन भइरहेकाे नवयुगको चैत-वैशाख अंकमा २०७७ फागुन २३ को सर्वोच्च अदालको फैसलापछि विकसित राजनीतिक घटनाक्रम, संस्थागत निर्णय, विगत तीन बर्षका संग्रहणीय दस्तावेज र महत्त्वपूर्ण सामग्री प्रकाशन भएको छ ।