logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • राजदूत नियुक्तिमा निर्देशिका लत्याउँदै सरकार, नेतासँग निकट वा आफन्तलाई अवसर

    राजदूत नियुक्तिमा निर्देशिका लत्याउँदै सरकार, नेतासँग निकट वा आफन्तलाई अवसर

    2.4K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय तहमा सुनिन र देखिन थालेको दाबी गर्दै आएका छन्। कूटनीतिक सम्बन्ध बिस्तारमा महत्वपूर्ण योगदान गरेको दाबी गर्ने वर्तमान सरकारले आफ्नै दाबीलाई खण्डन गर्नेगरी कूटनीतिक नियुक्ति गर्दै आएको छ। यो समाचार आजको नागरिक दैनिकले प्रकाशन गरेको छ । 

    नियोगहरूका प्रमुखमा त्यससम्बन्धी अनुभव र ज्ञान भएकालाई नियुक्त गर्नुपर्ने हुन्छ। तर सरकारले त्यस्ता नियोगहरूमा खल्तीका व्यक्तिलाई नियुक्त गर्दै आएको छ, जोसँग सम्बन्धित ज्ञान र अनुभव छैन। सरकारले हालै विभिन्न ११ मुलुकमा राजदूत सिफारिसको निर्णय गरेको छ। राजदूतमा नियुक्तिका लागि सिफारिस भएकामा नौजना राजनीतिक दलका नेतासँग निकट वा उनीहरूका आफन्त छन्। दुईजना मात्र परराष्ट्र सेवाबाट सिफारिस भएका छन्।

    ओली सरकारले जारी गरेको निर्देशिकामा राजदूत सिफारिस गर्दा ५० प्रतिशत परराष्ट्र सेवाबाट हुनुपर्ने प्रावधान छ। राजदूत हुनका लागि परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्विपक्षीयरबहुपक्षीय कूटनीतिका आयामबारे अनुभव हासिल गरी मुलुकको प्रतिनिधित्व गर्नसक्ने क्षमता भएको र नियुक्त भई जाने मुलुकको कार्यसम्पादनको ज्ञान वा अनुभव भएको हुनुपर्ने मापदण्ड तोकिएको छ। तर ओली सरकारले यो मापदण्डको बेवास्ता गर्दै आएको छ।

    राजदूत नियुक्ति नेताहरूको खल्तीबाट भएको यो पहिलो घटना भने होइन। राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ जारी भएपछि पनि सरकारले पटकरपटक खल्तीबाट राजदूत सिफारिस गर्दै आएको छ।‘पहिलो कुरा त राजदूत नियुक्तिमा मन्त्रालयले निर्माण गरेको निर्देशिकाको पालना नहुनु दुःखको कुरा हो। अर्कोतर्फ राजदूत सिफारिस गर्दा मन्त्रालयसँग छलफल नै गरिएको छैन। कतिपय अवस्थामा छलफल गरे पनि निर्णय गर्दा मापदण्डहरू लत्याउने गरिएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने। सरकारले हालै राजदूतमा नियुक्तिका लागि सिफारिस गरेका केही नाम सुन्दा आफूहरूलाई आश्चर्य लागेको मन्त्रालयका ती अधिकारीले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend