logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक आज पनि बस्दै

    विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक आज पनि बस्दै

    1.9K
    Shares

    काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक आज साँझ बस्ने तय भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नेतृत्व गरिरहेका संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार आज साँझ ७ बजे बैठक डाकिएको छ । 

    कार्यदलको मंगलबार सिंहदरबारमा बसेको बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको थियो । त्यस्तै पार्टीमा देखिएका समस्याहरूलाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले पार्टी पंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय पनि कार्यदलले गरेको थियो ।

    पार्टीमा एकता–समझदारीलाई वृद्धि गर्न तथा आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको थियो । 

    कार्यदलमा दुबैतर्फका ५/५ जना नेता छन्। प्रधानमन्त्री ओलीका तर्फबाट नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन्। त्यस्तै माधवकुमार नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डे रहेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend