logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • बादलकाे विपक्षमा मतदान गरे कारबाही गर्ने एमाले अध्यक्ष ओलीकाे चेतावनी

    बादलकाे विपक्षमा मतदान गरे कारबाही गर्ने एमाले अध्यक्ष ओलीकाे चेतावनी

    2.1K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि हुने राष्ट्रियसभाको चुनावमा रामबहादुर थापा बादलविरुद्ध मतदान गरे कारबाही गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले विज्ञप्ति जारी गरी बिहीबार हुने राष्ट्रियसभा सदस्यको चुनावमा बादलविरुद्ध मतदान गरे कारबाही गर्ने चेतावनी दिएका हुन् ।

    चुनावको अघिल्लो दिन विज्ञप्ति जारी अध्यक्ष ओलीले एमाले जस्तो पार्टीमा आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी खडा गर्नु र मतदान गर्नु क्षम्य नहुने बताएका छन् ।

    पार्टीभित्र देखिएको विवाद समाधानको पहल भइरहेको भन्दै अध्यक्ष ओलीले भनेका छन्,‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौँ जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाल्ने जस्ता विषय हाम्रो पार्टीमा कल्पनाबाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीलाई क्षम्य हुँदैन ।’

    गृहमन्त्रीसमेत रहेका एमाले नेता बादल सहयोगकाे अपेक्षासहित एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास पुगेका थिए । बिहीबार हुने चुनावका लागि कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा र एमाले उम्मेदवार रामबहादुर थापा बादलको उम्मेदवारी रहेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend