काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्मा पुराना अनुहार नै दाेहाेरिएका छन् ।
बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्रीकाे शपथ लिए भने रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका दीपक मनाङे भने शपथमा अनुपस्थित रहे । उनी जिल्ला बाहिर भएकाले अनुपस्थित भएकाे बताइएकाे छ ।
पुनर्नियुक्त पाएका गुरुङ र मनाङेबाहेक अन्य मन्त्रीकाे जिम्मेवारीबारे बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने स्राेतले जनाएकाे छ ।