एजेन्सी । इजरायल र प्यालेस्टाईनबीच पछिल्लो सयम चर्किरहेको युद्धलाई लिएर ट्वीट गरेकै आधारमा एक अभिनेत्री ट्रोलको सिकार बनेकी छिन् ।
इजरायली अभिनेत्री गाल गाडोटले देशको पक्ष लिएर मे १२ मा एक ट्वीट गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘देशमा बढिरहेको द्वन्दले मेरो मन टुटिरहेको छ ।’ इजरायललाई स्वतन्त्र रहने हक छ । साथै उनले आफ्नो परिवार, साथीभाइको सुरक्षालाई लिएर चिन्ता समेत व्यक्त गरेकी थिइन् ।
सोही पोष्टदेखि सामाजिक सञ्जालमा उनले धेरै आलोचनाको सामना गर्नुपर्यो । उनी ट्रोलको सिकार समेत बनिन् । जसको कारण अभिनेत्री गाडोट पछिल्लो समय सामाजिक सञ्जालमा इनएक्टिभ रहेकी छिन् ।
गाडोटको पोष्टले उनको अपकमिङ प्रोजेक्टलाई धक्का पुग्ने र करिअरमा असर गर्ने आँकलन गरिएको छ । उनी अभिनित फिल्म द फ्ल्यास, डेथ अन द नाइल रिलिजको तयारीमा रहेको छ ।
चर्चित अभिनेत्री गाडोट इजरायली आर्मीमा समेत दुई वर्ष काम गरिसकेकी छिन् । उनी सन् २००४ मा मिस इजरायलको ताज जित्न समेत सफल भएकी थिइन् ।