logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

    2.6K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचनलाई प्रभावित पार्नेगरी सार्वजनिक अपिलमार्फत मत मागेर आचारसंहिता उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलले उजुरी दिएको हो ।

    उजुरीमा प्रधानमन्त्री ओलीलाई कारवाही गर्न माग गरिएको छ । निर्वाचन आचार संहिताले तोकेको मतदान हुनुपूर्व ४८ घण्टाको मौन अवधिमा निर्वाचन प्रचार प्रसार, सामाजिक सञ्जाल वा कुनै पनि विद्युतीय माध्यमबाट समेत मत माग्न निषेध गरेकोमा प्रधानमन्त्री ओलीले एमाले अध्यक्षको हैसियतले र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत आफ्ना उम्मेदवारको पक्षमा मत मागेर आचारसहिताको ठाडो उल्लंघन गरेको कांग्रेसको आरोप छ ।

    कांग्रेस संसदीय दलको बुधवारको बैठकलेसमेत प्रधानमन्त्रीको आचारसंहिता विपरीतको अपिलको भत्सर्ना गरिरहेको जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्तलाई पठाइएको उजुरीमा निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने प्रधानमन्त्रीसहित सबैलाई कारवाहीको लागि अनुरोध गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend