काठमाडौं। नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने निर्णय गरेको छ। आज बसेको पार्टी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
इकाईले सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडाहरूमा ५ दिनभित्र कमिटीहरु गठन गरेर यसको रोकथाममा पार्टी परिचालन गर्ने निर्णय गरेको हो। पार्टीबाट निर्वाचित प्रतिनिधिहरू, केन्द्र र प्रदेशसहितका निर्वाचित पदाधिकारी र पार्टी सदस्यहरुबाट पारिश्रमिक कटाएर कोष खडा गर्ने त्यो रकमले औषधि उपकरण खरिददेखि,संकलन वितरण गर्ने बताइएको छ।
त्यस्तै बैठकले वर्तमान सरकार कोरोना नियन्त्रणमा असफल भएको र कमिसन तन्त्रमा फसेको निष्कर्ष निकाल्दै सीसीएमसी खारेजको माग समेत गर्ने निर्णय गरेको छ ।