काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे बैठक डाकिएको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।
बैठकमा राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको विषय र नयाँ सरकारको सम्भावनाका विषयमा छलफल हुनेछ ।
राष्ट्रपति संविधानअनुसार अगाडि नबढेकोले महाअभियोग लगाउनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ। नयाँ सरकार बनाउन र राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउन कांग्रेस नेता गगन थापाले माग गरेका छन्।
त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि नभएको भन्दै विरोध जनाएका छन् ।