logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • सरकारबारे निर्णय गर्न ठाकुर-महतो समूहले बोलायो बैठक, यादव पक्षलाई छैन जानकारी

    सरकारबारे निर्णय गर्न ठाकुर-महतो समूहले बोलायो बैठक, यादव पक्षलाई छैन जानकारी

    2.8K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले र राजेन्द्र महतोले आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् । बैठक बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा बोलाइएको हो ।

    नयाँ सरकार गठनको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जसपा सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । तर, बैठकबारे उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका सांसदहरु भने बेखबर रहेका छन् । यादव–भट्टराई पक्षका एक सांसदले बैठकबारे आफूहरुलाई थाहा नभएबो बताए ।

    यसअघि ठाकु र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति गरेको थियो।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटमा यस्तो सहमति भएको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend