logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • राष्ट्रपतिविरुद्ध महाअभियाेग लगाउनुपर्ने कांग्रेस बैठककाे निष्कर्ष, छलफल हुने

    राष्ट्रपतिविरुद्ध महाअभियाेग लगाउनुपर्ने कांग्रेस बैठककाे निष्कर्ष, छलफल हुने

    1.9K
    Shares

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन प्रमुख विपक्षी नेपाली कांग्रेसले छलफल सुरु गरेकाे छ । शुक्रबार बसेको पदाधिकारी बैठकमा महाअभियोगबारे छलफल भएको र यसका लागि कांग्रेस सकारात्मक रहेकाे वरिष्ठ नेता रामचन्द्र पाैडेलले बताए । 

    सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकमा महाअभियाेगका बारेमा छलफल गर्ने निर्णय भएको हाे । 

    कांग्रेस बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले राजीनामा नदिएर संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । उक्त कदम संविधानकाे विराेधमा भएकाे कांग्रेसकाे निष्कर्ष छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend