logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • ओलीद्वारा राष्ट्रिय सरकार बनाउन आह्वान, विकल्प दिन विपक्षीसमक्ष चुनौती

    ओलीद्वारा राष्ट्रिय सरकार बनाउन आह्वान, विकल्प दिन विपक्षीसमक्ष चुनौती

    1.4K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार निर्माणका लागि आह्वान गर्न आफूले गरेको सिफारिसको बचाउ गरेका छन् ।

    उनले आफूमाथिको विरोध कृत्रिम र नाटकीय भएको पनि बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले आफू विश्वासको मत लिने प्रक्रियामा अघि बढेको भए विश्वासको मत प्राप्त नहुने र धारा ७६ को ५ काे प्रक्रियामा जानुपर्ने एकमात्र विकल्प रहेकाे जिकीर गरे ।

    ‘जेठ १५ गते बजेट ल्याउनुपर्छ त्यो भन्दा अघि नीति कार्यक्रम ल्याउनुपर्छ । १४ गते सरकार बन्यो भने बजेट कसरी ल्याउने ?’ उनले भने । उनले समयको चाप र परिस्थितिको हिसाबले आफ्नो कदम उचित र अत्यावश्यक भएको बताए ।

    गुटगत हिसाबले दलभित्रबाट विपक्षीसँग मिलेर सरकार ढाल्ने काम भएको पनि उनले बताए । सरकारलाई काम गर्न नदिएको र नयाँ सरकार बनाउन पनि नसकेको भनी उनले विपक्षीहरूको आलोचना पनि गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend