काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको नयाँ सरकार गठनविरुद्ध एक दर्जन भन्दा बढी रिट सर्वोच्चमा पुगेको छ ।
विश्वासको मत प्राप्त हुने आधार नदेखिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बैकल्पिक सरकार बनाउनका लागी दावी गर्न आग्रह गरेकी थिइन् । भण्डारीले संवैधानिक प्रक्रिया मिचेर नयाँ सरकार गठनको आह्वान गरेको भन्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रधानमन्त्रीलाई विपक्षी बनाएर हालसम्म १३ वटा रिट आएको सर्वोच्च अदालत प्रशासन स्रोतले जनाएको छ ।
कानुन व्यवसायीहरुले सो राष्ट्रपति र प्रधानमन्त्रीकाे उक्त कदम असंवैधानिक भनी सर्वोच्चमा रिट लिएर गएका हुन् । रिट हाल्नेमा अधिवक्ता वीरभद्र जोशी र सन्तोष भण्डारीसहित छन् । अहिलेसम्म रिट भने दर्ता नभएकाे बताइएकाे छ ।