काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले १५३ सांसदको समर्थन सहित प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गरेको बताएका छन् ।
रिमालले सामाजिक सञ्जालमा लेखेका छन ‘संविधानको धारा ७६(५) वमोजिम नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ सांसदको समर्थन सहित प्रधानमन्त्री पदको लागि प्रधानमन्त्रीले दावी गरेका छन् । दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् ।’