logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • जसपाका बाबुराम-उपेन्द्र पक्षको समेत समर्थन रहेको झुट सहित राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा ओलीको दाबी

    जसपाका बाबुराम-उपेन्द्र पक्षको समेत समर्थन रहेको झुट सहित राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा ओलीको दाबी

    1.8K
    Shares

    काठमाडौं।  १५३ जनाको हस्ताक्षरसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दावी प्रस्तुत गरेका छन्। 

    प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरेको जानकारी दिएका छन्। 

    दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीकाे हस्ताक्षर रहेको रिमालले बताए।  

    यता बाबुराम भट्टराई-उपेन्द्र यादव समूहका १४ जनाले शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend