logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • पार्टी ह्विप उल्लङ्घन गर्ने प्रदेश सांसद कृष्ण थापालाई मसालले गर्‍याे कारबाही

    पार्टी ह्विप उल्लङ्घन गर्ने प्रदेश सांसद कृष्ण थापालाई मसालले गर्‍याे कारबाही

    2.6K
    Shares

    काठमाडाैं । पार्टी ह्विप उल्लङ्घन गर्ने गण्डकी प्रदेशका प्रदेश सांसद कृष्ण थापालाई नेकपा (मसाल)ले कारबाही गरेकाे छ । गण्डकी प्रदेशमा राष्ट्रिय जनमाेर्चाले जसरी पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकाे विकल्प चाहेकाे थियाे । थापाले पार्टीकाे ह्वीप उल्लंघन गरी विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । 

    थापा नेकपा(मसाल) को सदस्यताबाट एकवर्ष निलम्बनमा परेका छन् । उनी राष्ट्रिय जनमाेर्चाकाे केन्द्रीय सदस्यसहित नेकपा मसालकाे केन्द्रीय सदस्य, व्यूरो सदस्य, जिल्ला सदस्य, पालिका सदस्य रहेका थिए । जेठ ६ गते बसेको नेकपा(मसाल) पिबिको बैठकले उनलाई एक वर्ष निलम्बन गर्ने निर्णय गरेकाे हो ।

    पार्टी निर्णयानुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेका थापालाई राष्ट्रिय जनमोर्चाले यसअघि नै संसदीय दलको नेताबाट पदमुक्त गरिसकेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend