काठमाडौं । नेकपा एमाले नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन विपक्षी गठबन्धनबाट नयाँ सरकारका लागि प्रस्तुत भएको दाबीमा आफूले हस्ताक्षर नगरेको बताएका छन् ।
सामाजिक संजालमा भट्टराईले लेखेका छन् ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ ।
उनले अगाडी लेखेका छन् ‘ पार्टी एकता जोगियोस् भन्नेमा म गम्भीर छु। सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु’।
नेपाल पक्षका अन्य सांसदहरुले भने शेरबहादुर देउवाको पक्षमा उभिएको बताइएको छ । देउवालाई समर्थन गर्नेमा नेपालसहित उनी पक्षधर २७ सांसद भएको दाबी गरिएको छ ।