काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै दुवै दाबी खारेज गरेकी छन् ।
प्रधानमन्त्रीमा दाबी गरेका दुवैजनाको समर्थनमा उभिएका सांसदहरु दोहोरो परेको, दलको निर्णयविपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएकोले संविधानत: प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको राष्ट्रपतिको कार्यालयले मध्यराति जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
‘नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिँदै दाबीकर्ता जनाले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार देखिएन’, राष्ट्रपतिको कार्यालयले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवैको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।’