काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् सांसद डा. डिला संग्रौलाले प्रधानमन्त्री र राष्ट्रपतिले सुनियोजित षड्यन्त्रले संसद र संविधानको चीरहरण गरेकोले सबै एक जुट भएर कालो दिनको घोर भत्सर्ना गर्नुपर्ने बताएकी छन्।
यस्तो संबिधान बिरोधी कार्य नेपाली जनताको लागि कदापि क्षम्य छैन भन्दै संविधानको रक्षाका लागि कानुनी र राजनैतिक रुपले अब लड्नु बाहेक अरु बिकल्प हामी नेपालीसंग नभएको उनको दाबी छ ।
डा संग्रौलाले राष्ट्रपतिले आफ्नो पद र मर्यादालाई ख्याल नगरी संविधानको संरक्षकबाट नै मध्यराती संसदलार्इ भंग गरेर नेपाललाई द्वन्दको भुमरिमा लानु यो कदापि सैह्य हुन नसक्ने भन्दै सबैलाई एकजुट हुन आह्वान गरेकी छन्।
यस्तो गैरसंबैधानिक अलोकतान्त्रिक र गैरराजनीतिक कदमको विरुद्धमा लड्नु बाहेक बाहेक हामीसंग अरु उपाय छैन।