logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • विपक्षी गठबन्धनको बैठक बस्दै, ओलीविरुद्धको कदमबारे छलफल हुने

    विपक्षी गठबन्धनको बैठक बस्दै, ओलीविरुद्धको कदमबारे छलफल हुने

    1.8K
    Shares

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बानेश्वरमा बस्ने भएको छ । 

    संसद्‌ भवन नयाँ बानेश्वरमा शनिबार बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल हुने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

    सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव मिति तोकेपछि आगामी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । 

    ​प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी नपुगेको राष्ट्रपतिले जनाएपछि शुक्रबार मध्यराति मन्त्रीपरिषद् बैठक बस्दै मध्यावधि निर्वाचन र संसद विघटनको घोषणा भएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend