logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयविरुद्ध कानूनी लडाइँ लड्नुपर्छ : गगन थापा

    राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयविरुद्ध कानूनी लडाइँ लड्नुपर्छ : गगन थापा

    3.8K
    Shares

    काठमाडौं।  नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध कानूनी लडाइँ लड्नुपर्ने बताएका छन्। 

    सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध अदालत नगए गत फागुन ११ को सर्वोच्च अदालतको फैसलाको अपमान हुने बताएका हुन्। 

    “१४९ सांसदको ७६(५) बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्बोच्चकै फैसलाको अपमान हुन्छ।अत:राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ ।”, फेसबुकमा थापाले लेखेका छन। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend