logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • विप्लवको निष्कर्ष : दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था देश र जनताका लागि घातक 

    विप्लवको निष्कर्ष : दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था देश र जनताका लागि घातक 

    2.7K
    Shares

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था नेपालका लागि घातक भएको आफ्नो पार्टीको निष्कर्ष सत्य सावित भएको बताएका छन्। 

    प्रतिनिधि सभा नयाँ प्रधानमन्त्री चयन गर्न असमर्थ भएको भन्दै प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि निर्वाचनको घोषणा गरेपछि विप्लवले विज्ञप्ति जारी गर्दै संसदीय व्यवस्था नेपालका लागि सहि नभएको भन्ने आफ्नो पार्टीको निष्कर्ष सत्य सावित भएको बताएका हुन्। 

    ‘२०७३ साल देखि दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन, यो सफल हुँदैन भन्ने हाम्रो पार्टीको निष्कर्ष सही सावित भएको छ। शान्ति, स्थिरता एवं समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानु पर्ने बाध्यता आएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्था कै समस्या हो । यो सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरी पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल मात्र हुन्छ । ’, विप्लवको विज्ञप्तिमा भनिएको छ। 

    bigyapti.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend