काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार जारी गरेकाे प्रेस विज्ञप्ति केही समयपछि सच्याइएकाे छ । देउवाले शनिबार जारी गरेकाे विज्ञप्तिमा केही त्रुटी फेला परेपछि पुन: सच्याइएकाे हाे ।
जसमा लेखिएको थियो, ‘नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयो । बरु एक पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरिसकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन् ।’ विज्ञप्तिमा भनिएजस्ताे राष्ट्रपतिले ओलीलाई नियुक्त गरेकी भने हाेइनन् ।
अहिले सच्याइएकाे विज्ञप्तिमा नियुक्त शब्दलाई निरन्तरता बनाइएकाे छ । सुधारिएको विज्ञप्तिमा पनि ‘प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा’लाई भने कायम नै राखिएकाे छ ।