काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ।
आजको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्देशन पालना नगरेको र निर्णायक मोडमा विपक्षीलाई साथ दिएको निष्कर्षसहित नेकपा एमालेका माधवकुमार नेपाल पक्षका २७ जना नेताहरुलाई निष्कासन गर्न लागेको एमालेका एक नेताले बताए ।
उनका अनुसार, ‘पार्टी ह्वीप उल्लंघन गर्ने, विपक्षीलाई साथ दिनेहरु कारवाहीमा गर्नु जरुरी छ । त्यसैको तयारी भइरहेको छ। आजै कारबाही हुन्छ नभए आजबाट कारबाहीको प्रक्रिया शुरु हुन्छ। ’
नेता नेपालसहित २७ जना एमाले सांसदले शुक्रबार विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा स्वीकार गरी नयाँ सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको दाबीमा हस्ताक्षर गरेका थिए।
अन्तिम समयमा आएर नेपाल पक्षका नेता योगेश भट्टराईले भने हात झिकेका थिए। उनलाई भने कारबाही नहुने तर भट्टराई बाहेक २७ जनालाई स्पष्टीकरण सोधेर जबाफ चित्तोबुझ्दो नभएको भन्दै निष्कासन वा सिधै निष्कासनका निर्णय पनि गर्न सक्ने ओली निकट ती नेताको दाबी छ।