logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

    नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

    1.9K
    Shares

    काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठकले माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

    बैठकले झलनाथ खनाल, माधवकुमार नेपाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी र कल्याणी खड्कासमक्ष लिखित स्पष्टिकरण माग्ने निर्णय गरेकाे हाे ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए । तर ११ जनालाई मात्र स्पष्टिकरण साेधिएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend