काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु अर्को पार्टी खोल्ने तर्फ लागेको बताएका छन् । आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।
पछिल्लो घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको बताउँदै वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका हुन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कदमपछि अर्को पार्टी खोल्नु स्वभाविक रहेको उनले बताएका छन् । ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने र अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेको उनले बताए ।
त्यस्तै एमाले विवाद मिलाउन गठित कार्यदलको औचित्य पनि ओलीले सिध्याइदिएको उनको आरोप छ ।