काठमाडाैं । माधवकुमार नेपालकाे साथ छाेडेकाे भनिएका नेकपा एमालेका नेता याेगेश भट्टराईले कारबाही र बदलाकाे राजनीतिले गन्तव्यमा नपुगिने बताएका छन् । एमालेले माधव नेपालसहितका नेताहरुलाई कारबाहीकाे प्रक्रिया सुरु गरेपछि भट्टराईले बदलाकाे राजनीतिले गन्तब्यमा नपुगिने टिप्पणी गरेका हुन् ।
उनले नेताहरुलाई आफ्नाे विगत हेरेर धैर्य गर्न र संवाद गर्न आह्वान पनि गरेका छन् ।
उनले भनेका छन् ‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्याएकाे छैन र पुर्याउँदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो । सबैले आफ्नो विगतलाई हेरौँ । धैर्य गरौँ, संवाद गराैँ ।’