logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • भारतमा सक्रिय संक्रमितको संख्या क्रमिक रुपमा घट्दै 

    भारतमा सक्रिय संक्रमितको संख्या क्रमिक रुपमा घट्दै 

    2.5K
    Shares

    काठमाडौं।   भारतमा पछिल्लो केही समययता सक्रिय संक्रमितको संख्या निरन्तर घटिरहेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार ८४२ जना नयाँ संक्रमित थपिएका छन्।

    सो अवधिमा कोभिड–१९ बाट तीन हजार ७४१ जनाको ज्यान गएको छ।

    भारतमा कुल संक्रमितको संख्या दुई करोड ३४ लाख २५ हजार भन्दा बढि पुग्दा कोभिड–१९ बाट दुई लाख ९९ हजार २६६ जनाको ज्यान गएको छ।

    सक्रिय संक्रमितको संख्या भने क्रमिक रुपमा घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले २८ लाख पाँच हजार भन्दा धेरै सक्रिय संक्रमित छन्।अहिलेसम्म १९ करोड ५० लाख चार हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend