काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई धेरैजनाले फकाएको र थर्काएको बताएका छन् । थर्काउने केहीको आवाज रेकर्डसमेत गरेकाे उनले बताएका छन् । उनले आवश्यक परेकाे खण्डमा उनीहरुकाे नाम सार्वजनिक गर्ने पनि बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा उनले लेखेका छन्,’व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए/थर्काए । समयक्रममा आवश्यक परेमा नाम भन्दै गरौँला । कसैकसैको त भ्वाइस रेकर्ड नै राखेको छु ।’
उनले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रो हुने भनी सुझाव पनि दिएका छन् । उनले लेखेका छन् ‘हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ। निष्ठा र इमान्दारीताको राजनीतिबाट भागेर नहिडौं ।’ उनले बोली र इमानमा कटिवद्ध हुन अन्य नेतासमक्ष आग्रह पनि गरेका छन् ।