काठमाडौं । संसद विघटनको विपक्षमा रहेका दलहरुको गठबन्धनले दलहरू आज सर्वोच्चमा रिट दायर गर्न जाने भएका छन् । प्रधानमन्त्री पदका दाबेदार शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको र उनलाई नै प्रधानमन्त्री बनाइनुपर्ने दाबीसहित उनीहरु सोमबार सर्वोच्च अदालत जाने भएका हुन् ।
विपक्षी गठबन्धन आइतबार नै अदालत जाने भनिए पनि कानुनी ढाँचाअनुसार कागजातसहितको तयारी ढिलाइ भएपछि सोमबार मात्रै रिट पेस गर्ने भएका हुन् । ‘सोमबार अदालत खुल्नासाथ रिट पेस हुन्छ,’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।
नेकपा९माओवादी केन्द्र०का नेता वर्षमान पुनले सबैले हस्ताक्षर गरिसकेको र बहुमत पुगिसकेको बताए का छन् ।
त्यस्तै नेकपा(माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिले संविधानको धारा ७६(५) अन्तर्गतको सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर दिँदा पनि त्यसलाई बेवास्ता गरेको भन्दै संविधानको खुल्लम्खुल्ला उल्लंघन गरिएको बताए ।
पाँच राजनीतिक दलसम्बद्ध गठबन्धनले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको निरन्तरता नै असंवैधानिक रहेको र उनले प्रतिनिधिसभा विघटनको सिफारिस गर्न नपाउने दाबी अघि सारेको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो । देउवालाई प्रधाानमन्त्री नियुक्तिका लागि नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए ।