logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • पद जोगाउनका लागि प्रधानमन्त्रीले नागरिकता विधेयकलाई हतियार बनाए: भीम रावल

    पद जोगाउनका लागि प्रधानमन्त्रीले नागरिकता विधेयकलाई हतियार बनाए: भीम रावल

    2.1K
    Shares

    काठमाडौं । नेकपा एमाले नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद जोगाउन नागरिकता जस्तो संवेदनशील विषयलाई हतियार बनाएको भन्दै यस्तो कदमको निन्दा गरेका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो गुटलाई खुसी पार्नकै लागि नागरिकता विधेयक ल्याएको बताएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री पद जोगाउन महन्थ–महतो गुट पक्षलाई खुशी तुल्याउन नागरिकता जस्तो संवेदनशील विषयलाई हतियार बनाइएको छ । यो निन्दनिय छ ।’

    प्रधानमन्त्री स्वयमले निर्वाचन घोषणा गरिसकेको अवस्थामा नागरिकतासम्बन्धी विधयक ल्याइनु आपत्तिजनक रहेको पनि नेता रावलले बताएका छन् । उनले भनेका छन्, ‘सत्ता स्वार्थको लागि जस्तोसुकै कुकर्म गर्न अग्रसर रहने राष्ट्रघाती प्रवृत्ति नै द्योतक हो ।’

    प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक विचाराधीन रहेका वेला मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ‘नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८’ जारी गरेकी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend