logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • अवैध अध्यक्षले सोधेको स्पष्टीकरण दिँदैनौँ : नेपाल-खनाल पक्ष

    अवैध अध्यक्षले सोधेको स्पष्टीकरण दिँदैनौँ : नेपाल-खनाल पक्ष

    2.8K
    Shares

    काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण नदिने भएका छन् । अध्यक्ष ओलीले एमालेले खनाल-नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको थियो । स्पष्टिकरण दिने समय आज सकिँदै छ । 

    पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको नेता भीम रावलले बताएका छन् ।

    ​‘स्वयम् केपी शर्मा ओली एमालेको अवैध अध्यक्ष भइसकेको अवस्था छ, कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक–पटक गरिरहनुभएको छ,’  नेता रावलले भने, ‘अवैध अध्यक्षले सोधेको स्पष्टीकरणमा जवाफ दिइरहनुपर्ने आवश्यकता छैन र हामी स्पष्टीकरण दिँदैनौँ।’

    नेता रावलले प्रधानमन्त्री ओलीले नै स्पष्टीकरण दिनुपर्ने बताए । नवौं राष्ट्रिय महाधिवेशनपछिको संरचना भत्काउनुको कारण, संविधानमाथि बारम्बार प्रहार गर्नुको कारण, पार्टी विधान विपरीत गतिविधि गर्नुपर्ने कारणलगायत विषयमा केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने उनको दावी छ । 

    स्पष्टीकरणमा गएको वैशाख २७ गते प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापा ‘बादल’लाई मतदान नगर्नुका कारण र जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न सोधिएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend