logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • सर्वाेच्च अदालतले संविधान, लाेकतन्त्र र जनभावनामा ठेस पुर्‍याउने छैन, जित हाम्राे हुनेछ : डिला संग्राैला 

    सर्वाेच्च अदालतले संविधान, लाेकतन्त्र र जनभावनामा ठेस पुर्‍याउने छैन, जित हाम्राे हुनेछ : डिला संग्राैला 

    2.9K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य डिला संग्रौललाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीको बदनियतपूर्ण जालझेलले संविधानलाई च्यात्ने काम भएको बताएकी छन् । उनले प्रधानमन्त्रीले सत्ता र शक्तिको दुरुपयोग गरी दुई दुई पटक सार्वभाैम संस्था प्रतिनिधिसभा विघटन गरी संविधान र नेपाली जनताको जनादेशलाई लत्त्याउने दुस्साहस भएको भनी टिप्पणी गरेकी छन् ।

    उनले भनेकी छन्, ‘संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसदको विश्वास गुमाउनासाथ एक मिनेट पनि पदमा बस्नु हुँदैन र राजीनामा गर्नु पर्ने हुन्छ । तर, प्रधानमन्त्री अहंंता र ढिटले संविधानका धारालाई आफूखुसी ब्याख्यागरी संसदीय प्रजातन्त्रको उपहास गर्न उध्दत भएका छन् । प्रधानमन्त्री संसदप्रति पनि उत्तरदायित्व नहुने र आफ्नो स्वार्थ अनुसार संविधानको ब्याख्या गर्दै जानुले संविधान र लोकत्रन्त्रको ठाडो उलंघन भएको छ ।’

    उनले अगाडि भनेकी छन्, ‘सम्पूर्ण जनताको आस्थाको केन्द्रबिन्दु रहेको राष्ट्रपति पदमा आसिन बिद्यादेवी भन्डारीले आफ्नो पद र दायित्व बिर्सी केवल केपि ओलि गुटको मात्र संरक्षकको भुमिकामा लिप्त भएको नेपाली जनताले महसुस गरेका छन् । राष्ट्रपति भूमिका भनेको प्रधानमन्त्रीले स्वीकृतिको लागि ल्याएको हरेक कुरालाई आँखा चिम्लेर अनुमोदन गर्नेमात्र होइन कि देश ,जनता र संविधानको रक्षा पनि गर्ने हो। केवल केपि ओलीकै इशारामा मात्र राष्ट्रपति हिँड्नुले आजको अवस्था आइपुगेको हो । प्रतिपक्षी दलको नेता माननीय शेरबहादुर देउवाले बहुमत सांसदकाे हस्ताक्षर लिएर राष्ट्रपतिलाई बुझाउन जाँदा पनि यो र त्यो बहना गरी प्रतिनिधिसभा मध्यरातमा विघटन गरिनु महाअपराधपूर्ण कार्य हो ।’

    उनले भनेकी छन्, ‘सम्मानित सर्वाेच्च अदालतले संसदबाट प्रधानमन्त्री बन्न सक्ने अवस्था रहेसम्म प्रतिनिधिसभा विघटन गर्न नपाउने आदेशलाई केपि ओली र विद्यादेवी भण्डारीले लत्त्याइ दिएको अवस्था छ । प्रधानमन्त्री र राष्ट्रपतिकाे पदमा आसीन दुवै ब्यक्तिबाट पद अनुरुप आचरण नगर्दा नेपाली जनताले संकट बेहोर्नु परेको छ।कोरोना महामारीको डरलाग्दो परिस्थिति एकातर्फ छ भने अर्कोतर्फ असम्बैधानिक तवरले प्रतिनिधिसभा विघटन गरि कपटपूर्ण तरिकाले देशलाई निर्बाचनको भुमरीमा धकेलिएको छ । संविधान र प्रजातन्त्र मास्ने काम भएको छ।अध्यादेशबाट मनपरी तरिकाले शासन चलाउने निरंकुश प्रबृत्तिको विकास भएको छ । यस प्रबृत्तिको विरुद्धमा संविधानको अन्तिम ब्याख्याता रहेको सर्बोच्च अदालतबाट प्रतिनिधिसभा ब्युताइयोस् भनि संघीय लोकतान्त्रिक गणतन्त्रको बर्तमान संविधानको रक्षाको लागि काङ्ग्रेस, माओबादी ,जसपा (उपेन्द्र समुह),एमाले (माधव समूह), जनमोर्चा सहितका पाँच पार्टिका बहुमत प्रतिनिधिसभा सदस्यका १४६ जनाले परमादेशको लागी सम्मानित सर्बोच्च अदालतमा रिट निबेदन पेश गरेका छौं । हामीलाई बिश्वास छ, सम्मानित सर्बोच्च अदालतले संविधान लोकत्रन्त्र र नेपाली जनताको मर्म र भावनालाई ठेस पुर्‍याउने छैन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend