काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग आज दिउँसो एक बजे छलफल गर्ने भएका छन्।
संघीय संसद सचिवालयले जनाए अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछिको अवस्थाका बारेमा छलफल गरिने भएको हो ।
सापकोटाले २०४८ सालपछिका सभामुखहरू दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई छलफलमा बोलाएका हुन्।