काठमाडौं। नेकपा (एमाले) का पूर्व नेता डा.भीमबहादुर रावलले वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको भन्दै गरेको ट्वीट सर्वत्र आलोचनापछि अन्तत: हटाएका छन् ।
नाका बन्द रहेको अवस्थामा कसरी भारतीय नेपाल आए भन्ने प्रश्नसहित नेताले नै भ्रम फिजाउने काम गरेको भन्दै चर्को आलोचना भएपछि नेता रावलले उक्त ट्वीट हटाएका हुन् ।
रावलले ट्वीट हटाएपछि प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लहाकार सूर्य थापाले रावलको झूठ प्रचारबाजी र दुनियाँ भड्काउने काेसिस धेरै टिक्न नपाएको बताएका छन्।
‘भीम रावल पिएचडीकाे झूठ प्रचारबाजी र दुनियाँ भड्काउने काेसिस धेरै टिक्न पाएन ! यिनले राष्ट्रवादी कहलिन कतिसम्म गर्छन् भन्ने स्पष्ट नै छ । अझ सरकारले जवाफ देओस भन्ने यिनले कहिले लेखेका रहेछन् ? नक्कली अभिनय र भ्रमकाे पर्दा यसरी स्वत: च्यातिदै छ।’ , थापाले ट्वीटरमा लेखेका छन्।
भीम रावल पिएचडीकाे झूठ प्रचारबाजी र दुनियाँ भड्काउने काेसिस धेरै टिक्न पाएन !
यिनले राष्ट्रवादी कहलिन कतिसम्म गर्छन् भन्ने स्पष्ट नै छ । अझ सरकारले जवाफ देओस भन्ने यिनले कहिले लेखेका रहेछन् ? नक्कली अभिनय र भ्रमकाे पर्दा यसरी स्वत: च्यातिदै छ।
गाेयवल्स सिद्धान्तकाे अभ्यास ! pic.twitter.com/xckRkuY7gC— Surya Thapa (@ThapajiSurya) May 25, 2021