काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध एकजुट भएका विपक्षी गठबन्धनको संयुक्त बैठक सिंहदरबारमा सुरु भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । आगामी रणनीति तय गर्नका लागि विपक्षी गठबन्धनको बैठक बसेको बताइएकाे छ ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्ट (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेता सहभागी छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ । राजनीतिक र कानुनी लडाई गर्नुपर्ने निष्कर्ष निकालेको गठबन्धनले राजनीतिक रुपमा अब चाल्नुपर्ने कदमलगायतका विषयमा मंगलबारकाे बैठकमा छलफल गर्ने बताइएको छ ।