काठमाडाैं । अदालतकाे अवहेलना गरेकाे भनी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा रिट परेको छ । अदालतकाे अवहेलना गरेको भन्दै ओलीविरुद्ध एक वर्ष कैद सजायको माग दावीसहित सर्वोच्चमा रिट परेको हाे ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले दोस्रो प्रतिनिधिसभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेको आराेपसहित मंगलबार अदालतमा रिट दर्ताका लागि पेस गरेका हुन् ।
त्रिपाठीले सर्वोच्च अदालतले गत फागुन ११ मा गरेको संसद पुनर्स्थापनाकाे आदेश विपरीत प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधिसभा विघटन गरेर अदालतको अवहेलना गरेकोले रिट पेस गरेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साल पुस ५ गते संसद विघटन गरी चुनावकाे घाेषणा गरेकी थिइन् । सर्वाेच्च अदालतले सरकारकाे याे निर्णय विपरित फागुन ११ गते संसद पुनर्स्थापनाकाे फैसला सुनाएकाे थियाे ।