काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिने भएको छ ।
मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।
अहिले थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने ‘सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइने निर्णय भएको छ।
कोरोनाभाइरस संक्रमण रोकथामका लागि प्रशासनले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा जेठ १३ गते सकिदै थियो ।