काठमाडाैं । काेराेना महामारीका कारण आक्रान्त बनेकाे नेपाललाई चीनले १ मिलियन डोज (दश लाख ड़ोज) खोप दिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेपछि चीनले नेपाललाई सो परिणामको खोप उपलब्ध गराउने चिनियाँ राजदूत होऊ यान्छीले जनाएकी छन् । उनले ट्वीटमार्फत उक्त जानकारी गराएकी हुन् ।
बुधबार दिउँसाे दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको थियाे ।
पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप जुटाउन राष्ट्रपति भण्डारी सक्रिय देखिएकी छिन् । यसअघि राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरी भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाएकी थिइन् ।
During today’s phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million doses of COVID-19 vaccines to Nepal under grant assistance. pic.twitter.com/0d2OWT2mYd
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 26, 2021