logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • कुखुराको हत्याले ७ जनाविरुद्ध मुद्दा

    कुखुराको हत्याले ७ जनाविरुद्ध मुद्दा

    2.8K
    Shares

    एजेन्सी। छिमेकी मुलुक भारतमा एउटा कुखुरा मारेको विषयलाई लिएर ठूलै दंगाफसाद भएको छ । यो काण्डमा अहिलेसम्म ७ जना पक्राउ गरी पुलिसले मुद्दा दर्ता गरिसकेको छ । मृतक कुखुराको पोस्टमार्टम भैसकेको छ भने घटनाको थप छानविन पुलिसले गरिरहेको छ ।

    मान्छेको हत्या हुँदासमेत पुलिस चुप लागेर बसेको भन्ने आरोप लाग्छ हाम्रो देशमा । तर भारतमा चाहिँ कुखुराको मृत्युको घटनाले पुलिसको निद भगाइदिएको छ । बिहारस्थित कैमुर जिल्लाको फिरोजपुर गाउँमा यो घटना भएको हो । घटना अनुसार स्थानीय एकजना महिलाको कुखुरा फार्मबाट छिमेकीले कुखुरा चोरेछन् । जब महिलाले आफ्नो कुखुरा चोरी गरेको देखिन् तब चोर्नेवाला छिमेकीले उक्त कुखुरा मारिदिए ।

    आफ्नो कुखुरा चोरेर मारेको भन्दै ती कुखुरा धनी महिला र उनका छोरा चोरी गर्ने छिमेकीको घरमा पुगे । तर कुखुरा चोर्ने छिमेकीले उल्टै ती आमा छोरालाई पिटेर घाइते बनाए । ती महिलाले आफ्नो कुखुरा चोरी गरेको, कुखुरा मारेको र आफूमाथि कुटपिट गरेको भन्दै आफ्ना ७ जना छिमेकीविरुद्ध प्रहरीमा उजुरी दिइन् ।

    प्रहरीले ती सातै जनालाई पक्राउ गर्‍यो । मृत्यु भएको कुखुरालाई पोस्टमार्टमका लागि पशु अस्पतालमा पठाइयो । प्रहरीले कुखुरा चोरी तथा कुटपिटमा संलग्न ७ जनामाथि थप छानविन गरिरहेको बताइएको छ ।

    – एजेन्सीको सहयोगमा


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend