काठमाडौँ – मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो।
ति तीन देशमा सातामा एउटा उडानका लागि खुला गरिएको हो । सरकारले वैशाख २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।