काठमाडौं । संविधानविद् डा.भीमार्जनु आचार्यले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म कानुनी र संवैधानिक रुपमा सभामुखले केही गर्न नसक्ने बताएका छन् ।
प्रतिनिधि सभा विघटनपछिको अवस्थाको सम्बन्धमा काुननविद्हरुसँगको छलफलमा संविधानविद् आचार्यले भने ‘यो अवस्थामा आउनुमा प्रधानमन्त्री र राष्ट्रपतिमात्र दोषी नभई संसद र प्रतिपक्ष पनि उत्तिकै जिम्मेवार छ। सभामुखले पनि नैतिक जिम्मेवारी लिनुपर्छ।’
दोश्रोपटक प्रतिनिधि सभा विघटन हुनुमा स्वयं प्रतिनिधि सभा र राजनीतिक दलहरु जिम्मेवार रहेको उनको भनाई छ । यसअघि नै प्रतिनिधि सभा विघटनपश्चात् पुनर्स्थापना भएपछि संसद र राजनीतिक दलहरुको भुमिका प्रभावकारी नभएको भन्दै सांसद र प्रतिपक्षी मुकदर्शक बन्दा जालझेल र षड्यन्त्रलाई रोक्न नसकेको उनले बताए ।
प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै असंवैधानिक कदमका पछि नै राजनीतिक दलहरु लागेको उनको जिकिर छ ।
हेर्नुहोस् सो छलफलको पूरा भिडियो