काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले अपरान्ह ४ बजे सम्बोधन गर्ने तयारी भइरहेकाे छ ।
प्रधानमन्त्री ओलीले काेभिड १९ लगायतका विविध विषयमा बाेल्नेछन् । सरकारले शनिबार अध्यादेशमार्फत् वार्षिक बजेट ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो ।