logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • कुनै पनि हालतमा सरकारले दोस्रो डोज खोप दिन्छ : प्रधानमन्त्री ओली 

    कुनै पनि हालतमा सरकारले दोस्रो डोज खोप दिन्छ : प्रधानमन्त्री ओली 

    1.9K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने दाबी गरेका छन् । 

    शुक्रबार राष्ट्रका नाममा सम्बाेधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध जित हासिल गर्नका लागि खोप नै निर्णायक हुने बताए । उनले सबै वयस्क नागरिकलाई खोप लगाएर कोरोना महामारीलाई नियन्त्रण गरिछाड्ने दाबी गरे ।

    उनले भने‘कोभिड महामारीमाथिको विजयका लागि खोप अनिर्वाय छ । हालसम्म हामीलाई अनुदानबाट ३२ लाख २८ हजार डोज, खरिदबाट उपलब्ध १० लाख डोज बाट खोप अभियान अगाडि बढाएका छौं । पहिलो मात्रा खोप लगाएका नागरिकहरुलार्य दोस्रो डोज जसरीपनि उपलब्ध हुने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु । थप खोपको व्यवस्था गरेर सबै वयष्क नागरिकलाई खोप लगाएर महामारीलाई नियन्त्रण गरिछाड्ने विश्वास दिलाउन चाहन्छु ।’

    कोभिडको निशुल्क उपचारका लागि ४५ निजी अस्पतालसँग सम्झौता गरिएको र महामारी सुरु भएको एक बर्षको अवधिमा भेन्टिलेटरको संख्या ३३७ बाट ९०४, आईसियू बेड २६०० बाट ३ हजार पुर्‍याइएकाे पनि सम्बोधनमा ओलीले बताए । छिट्टै १८० भेन्टिलेटर, ६३० आईसिय, १४०० एचडियू र १९ अक्सिजन प्लान्ट थपिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend