logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • भविष्यवाणी होइन, संसदीय गणितले भन्छ: संसद पुनःस्थापना भए पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री – कमल थापा

    भविष्यवाणी होइन, संसदीय गणितले भन्छ: संसद पुनःस्थापना भए पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री – कमल थापा

    2.7K
    Shares

    सुनौलो नेपाल – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद पुनःस्थापना भए पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा  भविष्यवाणी होइन, संसदीय गणितले त्यही भन्छ ।’चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनःस्थापना भएमा पुनः ओली नै प्रम हुन्छन् ।

    उनले लेखेका छन्, ‘चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा प्रधानमन्त्रीको पक्ष लियो भन्छन् तर ओलीले देश बर्बाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् । चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनःस्थापना भएमा पुनः ओली नै प्रम हुन्छन् । यो भविष्यवाणी होइन, संसदीय गणितले त्यही भन्छ ।’

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend