काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
जसअन्तर्गत चालू खर्चतर्फ कूल ६ खर्ब ७८ अर्ब ६१ करोड, पूँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तिय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश र स्थानीय तहतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड बिनियोजन गरिएको हो ।
सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको हो । सरकारले चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा विघटन भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारबाट बजेट भाषण गरेका हुन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।