logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • बजेटले निजी क्षेत्र उत्साहित, भन्छन् : अधिकांश मागहरु सम्बोधन भए

    बजेटले निजी क्षेत्र उत्साहित, भन्छन् : अधिकांश मागहरु सम्बोधन भए

    2.9K
    Shares

    सुनौलो नेपाल – सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷०६९ को बजेटले वर्तमान परिस्थिति अनुकुल नीजि क्षेत्रको अधिकांश मागहरु सम्बोधन भएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।

    बजेट भाषणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ उद्योगी व्यवसायीले कोभिड महामारीको बेलामा आएको विशेष बजेट भएका कारण नीजि क्षेत्रको धेरै मागहरुलाई सम्बोधन नभएको भएपनि अधिकांश मागहरु सम्बोधन भएको बताएका हुन् । नीजि क्षेत्रले आर्थिक वर्ष २०७८÷०६९ को बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुको ऋणलाई सहजीकरण गर्ने कुरा आउनु, भ्याटमा सुधारको कुरा आउनु र विलिङ चार्जको कुरा आउनु सकारात्मक भएको बताउनुभयो । कोभिड १९ का कारण अति प्रभावित क्षेत्र पर्यटन, मनोरञ्जनसँग जोडिएका क्षेत्रहरु र अन्य केही क्षेत्रहरुमा विशेष सहुलियतको घोषणा भएको प्रति उहाँले खुशी व्यक्त गर्नुभयो । स्वास्थय क्षेत्रमा बढी खर्च हुनु पनि सकारात्मक भएको उहाँले बताउनुभयो ।

    नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले आफुहरुले उठाइरहेको कुरा मेक इन नेपाल सरकारले समेटेकाले बजेट उद्योगका लागि सकारात्मक भएको बताउनुभयो । यसले नेपालमा औद्योगिकिकरण बढाउने र रोजगारीको सिर्जना गर्ने उहाँको भनाई छ । कोभिड विरुद्ध लड्न बजेट विनियोजन हुनु सुखद भएको उहाँले बताउनुभयो । खोपको जरुरीलाई बजेटले सम्बोधन गर्नु पनि सकारात्मक भएको उहाँले उल्लेख गर्नुभयो । लकडाउनको बेलाको डिमान्ड शुल्कको माग र डिजेलको भ्याट हटाउनुपर्ने आफुहरुको माग सम्बोधन भएको उहाँले बताउनुभयो । 

    नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले पपुलिष्ट बजेट ल्याएको भएपनि कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । बजेट यथार्थपरक नभएको उहाँको टिप्पणी छ । वर्तमान सरकार स्थिर नभएको अवस्थामा बजेट कार्यान्वयनको सन्दर्भमा शंका रहेको  बताउदै  सरकारले अपेक्षा गरे अनुरुपको राजस्व असुली गर्न पनि कठिन रहेको उहाँले बताउनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend