धनगढी । नेकपा एमाले सुदूरपश्चिमको प्रदेश सभा कमिटीले अध्यक्ष केपी शर्मा ओली समूहका सांसद तथा पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण सोधेको छ ।
एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई स्पष्टीकरण सोधेका हुन्।
शाहले लेखेको पत्रमा ‘१२ गते धनगढीमा सम्पन्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश, प्रदेशसभा दलको बैठकमा तपाई स्वयंको उपस्थितिमा भएका निर्णयहरूविरुद्ध तपाईंले दिनुभएका सार्वजनिक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ भनिएको छ।
बोहरालाई संसदीय दलको बैठकले गरेका निर्णय कार्यान्वयनमा बाधा पुर्याउँदै गुटबन्दी गरेको, संसदीय दलका अन्य सदस्यलाई उक्साउने र भड्काउने काम गरेको, जनताको हितमा प्रभावकारी काम गर्न खोज्दा बाधा पुर्याएको आरोप लगाइएको छ। नेता
शाहले बोहरालाई जेठ १६ गते साँझ ५ बजेभित्र जवाफ मागेका छन् ।