काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाएकी छन् ।
परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भनी खोप सहयोगको लागि अनुरोध गरिएको छ ।
यहि व्यहोराको पत्र खोप उत्पादक मुलुक अमेरिका, भारतका राष्ट्रपतिसमक्ष पनि राष्ट्रपतिले पठाइसकेकी छन् । चीनका राष्ट्रपति सी जिनपिङसँग कुराकानीपछि चीनले १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिइसकेकाे छ ।