काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ५ बजेका लागि तय गरिएकाे शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा थप स्पष्टीकरण सोधिएका १२ जना नेतामाथि कारवाही गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुने उनकाे भनाइ छ ।
एमालेले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधेका थिए । उनीहरू कसैले स्पष्टीकरणको जवाफ दिएका छैनन् ।
एमालेको स्थायी कमिटीले यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको छ ।